एमाले कार्यालयको जग्गा विवाद : न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासमा पेसी

नेपालभ्युज

एमाले कार्यालयको जग्गा विवाद : न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासमा पेसी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले नेकपा एमालेलाई दान दिएको जग्गाबारे परेको रिट सर्वोच्च अदालतमा पेसी चढेको छ ।

मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्‍ठ र टेकप्रसाद ढुंगानाको इजलासमा उक्त रिट तोकिएको हो ।

यसअघि आइतबार न्यायाधीशहरू मनोजकुमार शर्मा र नित्यानन्‍द पाण्डेयको इजलासमा परेको थियो । तर, उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । त्यसअघि मंसिर १८ गते पनि सोही न्यायाधीशहरूको इजलासमा परे पनि हेर्न भ्याएको थिएन ।

यसअघि कात्तिक १२ गते सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए । रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् ।

उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म र नैतिकता विपरीत भएको रिट निवेदनमा जिकिर गरेका छन् ।

गत असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved