रोहितको अर्धशतकमा लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

नेपालभ्युज

रोहितको अर्धशतकमा लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य
लुम्बिनीका कप्तान रोहित पौडेल ।

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे ।

साद बिन जफरले पनि अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

चितवन राइनोजविरुद्ध साद बिन जफरको अर्धशतक

सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको साझेदारीले सन्तुलित बनायो ।

५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरे ।

अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए ।

चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले १–१ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved