रौतहटमा स्कारपियो दुर्घटना : आठ जनाको मृत्यु

नेपालभ्युज

रौतहटमा स्कारपियो दुर्घटना : आठ जनाको मृत्यु

काठमाडौं । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको जंगलमा साेमबार राति बा१६च ३१६२ नम्बरको स्कारपियो दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ ।

उक्त स्कारपियो निजगढबाट चद्रनिकायपुरतर्फ जाँदै गरेको थियो ।

बाराको गढीमाई मेलाबाट सिरहा फर्किन लागेको उक्त स्कारपियो अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

घटनास्थलमै मृत्यु भएका आठ जनामध्ये अधिकांशको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । घाइतेहरूको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved