चितवनविरुद्ध लुम्बिनीलाई सुरुवाती दुई झड्का

नेपालभ्युज

चितवनविरुद्ध लुम्बिनीलाई सुरुवाती दुई झड्का

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) जारी खेलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सलाई सुरुआती दुई झड्का लागेको छ ।

लुम्बिनीले १.३ ओभरमै दुई विकेट गुमाइसकेको छ ।

लुम्बिनीले १.१ ओभरमा एक रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । आशुतोष घिरोहिया १ रन बनाएर आउट भएका थिए ।

लुम्बिनीले दोस्रो विकेटको रुपमा भारतीय ब्याटर उन्मुक्त चन्दलाई गुमाएको हो । उनी शन्य रनमा आउट भए । यो बेला लुम्बिनीले दुई रन मात्र बनाएको थियो ।

लुम्बिनीविरुद्ध चितवनलाई दुवै सफलता रिजन ढकालले दिलाएका हुन् । उनले दुवै विकेट एकै ओभरमा लिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved