सिरियाली जनतालाई हमासको आह्वान– असदलाई अपदस्थ गरेकोमा बधाई, अब एकतामा जोड दिऔँ

नेपालभ्युज

सिरियाली जनतालाई हमासको आह्वान– असदलाई अपदस्थ गरेकोमा बधाई, अब एकतामा जोड दिऔँ
राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेपछि सिरियाली जनता ।

गाजा पट्टी । पालेस्टिनी लडाकु समूह हमासले सोमबार सिरियाली जनतालाई राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेकामा बधाई दिएको छ । सोमबार एक विज्ञप्तिमार्फत बधाई दिँदै हमासले सिरियामा एकताको आह्वानसमेत गरेको छ ।

‘स्वतन्त्रता र न्यायका लागि उनीहरूको आकांक्षा हासिल गर्न सफल भएकामा भाइचारा सिरियाली जनतालाई बधाई दिन्छ र हामी सिरियाली जनताका सबै घटकहरूलाई एकजुट हुन आह्वान गर्दछौँ,’ हमासले विज्ञप्तिमा भनेको छ ।

बशर अल–असदको नेतृत्वमा सिरिया इरानको ‘प्रतिरोध अक्ष’को एक महत्त्वपूर्ण हिस्सा थियो । साथै लेबनानको हिजबुल्लाह र हमासलाई समेत समावेश गर्ने बलको एक बलियो गठबन्धन थियो ।

सन् २०२३ अक्टोबर ७ मा गाजामा हमाससँगको युद्ध सुरु भएदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा आफ्नो हवाई आक्रमण बढाएको छ ।

यसअघि सोमबार प्यालेस्टिनी इस्लामिक जिहाद लडाकु समूह हमासले सिरियामा भइरहेका घटनाहरू ‘सिरियाको मामिला’ भएको र सिरियाले प्यालेस्टिनी जनताको समर्थन गरिरहोस् भन्ने आशा गरेको थियो ।

‘सिरियामा जे भयो त्यो सिरियाको मामिला हो,’ पीआईजेका महासचिव जिहाद अल–नखालाहले विज्ञप्तिमा भनेका छन्, ‘हमास आन्दोलनले सिरिया प्यालेस्टिनी जनता र उनीहरूको न्यायपूर्ण उद्देश्यको सच्चा समर्थक र पक्षधर रहनेछ, जसरी यो सधैँ रहेको छ भन्ने आशा गरेको छ ।’

संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सी यूएनआरडब्लूएका अनुसार सन् २०२२ मा चार लाख ३८ हजार प्यालेस्टिनी शरणार्थीका रूपमा सिरियामा बसोबास गरिरहेका थिए ।

सम्बन्धित सामग्री :

सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको इजरायलको दाबी

सिरियामा असदको पतन रुसको विश्वसनीयतामाथि ठूलो धक्का

असद अपदस्थबारे बाइडनको प्रतिक्रिया– सिरियाली जनताका लागि नयाँ भविष्य निर्माण गर्ने अवसर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved