शीर्ष ४ मा कायमै रहने लक्ष्यमा कर्णाली, पछिल्लो जितलाई निरन्तरता दिने सुरमा पोखरा

नेपालभ्युज

शीर्ष ४ मा कायमै रहने लक्ष्यमा कर्णाली, पछिल्लो जितलाई निरन्तरता दिने सुरमा पोखरा
कर्णाली याक्स ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली २ जित र २ हारमा साथ अंक तालिकाको चौथो स्थानमा छ । उ आजको खेलमा स्पष्ट जितेर शीर्ष ४ भित्र कायम रहँदै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ ।

अर्कोतिर कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पछिल्लो शानदार जितलाई निरन्तरता दिन चाहन्छ । लगातार २ हारेपछि दबाबमा रहेको पोखराले पछिल्लो खेलमा लुम्बिनीमाथि १० विकेटको शानदार जित निकालेको थियो ।

दुई अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको पोखरालाई प्लेअफ सम्भावना कायम राख्न आज स्पष्ट जितको खाँचो छ ।

मंसिर १५ देखि कीर्तिपुरको त्रिवि मैदानमा जारी एनपीएलमा सोमबार भने कुनै खेल भएका थिएनन् ।

अंक तालिका :

प्लेअफ सम्भावना बलियो मनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved