प्लेअफ सम्भावना बलियो बनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी

नेपालभ्युज

प्लेअफ सम्भावना बलियो बनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी
चितवन राइनोजका कप्तान कुशल मल्ल ।

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । यसर्थ आज उ लुम्बिनीलाई हराएर प्लेअफमा जाने सम्भावनालाई मजबुत बनाउन चाहन्छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्लले गरिरहेका छन् ।

यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ । उसले कुनै अंक जोड्न सकेको छैन । लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ ।

यसर्थ आज लुम्बिनीले प्रतिष्ठाको लडाइँ लड्ने छ । यदि आजको खेल जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी रहनेछ । पराजित भएमा २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने लगभग निश्चिच हुनेछ ।

मंसिर १५ देखि जारी एनपीएलमा सोमबार भने कुनै खेल भएका थिएनन् ।

अंक तालिका :

एनपीएलमा १५ खेल सकिँदा सबैभन्दा बढी रन रोहितले बनाए, धवन पाँचौंमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved