बालिका बलात्कार आरोपमा पूर्वमेयर शिवाकोटी पक्राउ

नेपालभ्युज

बालिका बलात्कार आरोपमा पूर्वमेयर शिवाकोटी पक्राउ

झापा । बालिका बलात्कार आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी  पक्राउ परेका छन् ।

घरेलु कामदार १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेको झापा प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकालाई काँकडभिट्टा नाकाबाट आफन्त नेपालका प्रतिनिधिले प्रहरीको सहयोगमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएको आधारमा पक्राउ परेका हुन् । बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved