प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने-नक्कली चिर्कटो बनाएर मलाई बदनाम गरियो

नेपालभ्युज

प्रसाईंप्रति लक्षित गर्दै ओलीले भने-नक्कली चिर्कटो बनाएर मलाई बदनाम गरियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न नक्कली चिर्कटो बनाएर भ्रम फैल्याइएको बताएका छन् ।

सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बदनाम गरेको बताएका हुन् ।

सम्बोधनका क्रममा  प्रधानमन्त्री ओलीले ४/५ वर्ष अगाडिदेखि कम्बोडियामा आफ्नो ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको समेत बताए ।

ओलीले भने, ‘४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् ।’

उनले केपी ओलीको बैंक खातामा  कति लाख डलर, कति मिलियन डलर छ भनेर हल्ला गर्नेहरु पनि देखिएको समेत बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved