टर्किएमा सैन्य हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

नेपालभ्युज

टर्किएमा सैन्य हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

अङ्कारा । टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा ब्रिगेडियर जनरल इसा बेडिल्ली, इस्पार्टा आर्मी एभिएसन स्कूलका कमाण्डरको पनि मृत्यु भएको प्रान्तका गभर्नर अब्दुल्ला एरिनले बताए ।

एम्बुलेन्स र अग्नि नियन्त्रक सहित आपतकालीन प्रतिक्रिया टोलीहरू केसिबोर्लु जिल्ला नजिकै घटनास्थलमा तुरुन्तै पठाइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved