सुध्रिएनन् ‘भाइरल झाँक्री’ प्रकाश भुजेल, जेलभित्रै झारफकु गर्न थाले चिसोका बिरामी !

परिवारले भुजेलका लागि आइतबारै लगाउने कपडा, सुत्ने कपडासँगै धुपबत्ती र पूजाका सामग्री पठाएका थिए । उनले यसअघि २५ दिनसम्म प्रहरी वृत्त बौद्धमा रहँदा भने पूजापाठ गर्ने ठाउँ पाएका थिएनन् ।

नेपालभ्युज

सुध्रिएनन् ‘भाइरल झाँक्री’ प्रकाश भुजेल, जेलभित्रै झारफकु गर्न थाले चिसोका बिरामी !

काठमाडौं । २६ दिनअघि काठमाडौंको शंखरापुर–१, इन्द्रायणीमा कार दुर्घटना गराएर गर्भवती महिलासहित पतिको ज्यान लिएका प्रकाश भुजेल जेल पुगेपछि पनि आफूलाई सुधार्ने कुनै संकेत देखाएका छैनन् ।

अदालतको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षको लागि थुनामा पठाइएका ‘भाइरल झाँक्री’ भुजेलले जेलभित्रै पूजापाठ र झारफुक सुरु गरेका हुन् ।

परिवारले भुजेलका लागि आइतबारै लगाउने कपडा, सुत्ने कपडासँगै धुपबत्ती र पूजाका सामग्री पठाएका थिए । उनले यसअघि २५ दिनसम्म प्रहरी वृत्त बौद्धमा रहँदा भने पूजापाठ गर्ने ठाउँ पाएका थिएनन् ।

अहिले जेल पुगेपछि भुजेललाई भेट्न गएका परिवारका सदस्यका अनुसार उनी पुरानै पेसामा फर्किएका छन् ।

ती सदस्यले भने, ‘उहाँले बौद्ध प्रहरी हिरासतमा ठाउँ नपाएर पूजापाठ रोकिएको थियो । जेलमा फेरि पूजापाठ धर्मकर्म सुरु गर्नुभएको छ । चिसोले बिरामी परेका कैदीबन्दीलाई ‘निको पार्ने’ प्रयास गर्छु पनि भन्नुभएको छ।’

‘झाँक्री’ भुजेलको उन्मादले निम्त्याएको त्रासदी, गर्भको शिशुसहित दम्पतीको दर्दनाक अन्त्य (भिडिओ)

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार भुजेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

कथित झाँक्री प्रकाश भुजेल र उनको गाडीको ठक्करबाट ज्यान गुमाएका नगरकोटी दम्पती

थुनछेक बहसमा भुजेलले लापरबाहीपूर्वक सवारी चलाएका कारण दुई जनाको ज्यान गएको भन्दै न्यायाधीशले उनलाई कारागार पठाउन आदेश दिएका थिए ।

गत कात्तिक २८ मा बा १९ प २६९५ नम्बरको कार चलाउँदै भुजेलले तीव्र गतिमा सवारी चलाएर बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए ।

दुर्घटनामा कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी गर्भवती पत्नी ३२ वर्षीय सानुमाया नगरकोटीको मृत्यु भएको थियो ।

प्रहरीले भुजेलविरुद्ध सवारी ज्यान मुद्दा चलाएको छ ।

भ्रम बेचेर ‘भाइरल’ प्रकाश भुजेल, उपचार गर्ने र भिजा लगाइदिने भन्दै यसरी ठगिरहेछन् सिधासाधालाई (भिडिओ)

अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा गलत : बि एण्ड बि अस्पताल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved