दुर्गा प्रसाईंमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

नेपालभ्युज

दुर्गा प्रसाईंमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धान सकेर नेपाल प्रहरीले आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको छ ।

प्रहरीले आज संगठित अपराध र आपराधिक लाभ मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रसाईंको अन्तिम बयान लिइरहेको छ । भोलिदेखि थुनछेक बहस सुरु हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

साइबर अपराध मुद्दामा साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टै दुई मुद्दा क्रमशः संगठित अपराध र आपराधिक लाभमा अनुसन्धान गरिरहेको छ ।

प्रसाईंकै योजनामा भारतीय आपराधिक समूहका नाइके लरेन्स बिश्नोईको नाममा धम्की दिएको तथ्य खुलेपछि ब्यूरोले प्रसाईंविरुद्ध मुद्दा चलाउन लागेको हो ।

ब्यूरोले बिश्नोईको नाममा धम्की दिने झापाका हरिचन्द्र फुयाँललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनलाई सीआईबीले साइबर सेलको अनुरोधमा ’साइबर क्राइम’ मुद्दामा समातेको हो । प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए । यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved