सेयर बजारमा १२ अंकको गिरावट

नेपालभ्युज

सेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक १२ दशमलव ८४ अंकले घटेर २६७६ दशमलव १५ को विन्दुमा पुगेको छ ।

सोमबार ३१७ कम्पनीका ६२ हजार ७५८ पटकको कारोबारमा १ करोड १५ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँ रहेको छ ।

९२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved