काठमाडौंमा दुई पुरूष मृत फेला

नेपालभ्युज

काठमाडौंमा दुई पुरूष मृत फेला

ललितपुर । काठमाडौंमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-१४ बल्खुमा डेरा गरी बस्ने महोत्तरीको भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन् । उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं-२४ नरदेवीमा अर्का एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ६० वर्षीय देखिने पुरूषको पहिचान खुल्न सकेको छैन ।

दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved