काठमाडौं । इसेवाले प्रयोगकर्ताहरुको आवश्यकताअनुसार इसेवा होटल्स सुविधा ल्याएको छ । इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् ।
नेपालको ५४ं जिल्लाहरुका प्रमुख शहरमा अवस्थित साना, मझौला तथा ठूला होटल एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिङ्गको लागि एकदम लोकप्रिय बन्दै गएको छ ।
सहरी क्षेत्रमा रहेका तारे होटलदेखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु रहेका छन्, जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेबसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् ।
ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिङ रद्द गर्न सकिनेसमेत व्यवस्था रहेको छ ।
Facebook Comment
Comment