झण्डै १२ प्रतिशतले घट्यो बङ्गलादेशको व्यापार घाटा

नेपालभ्युज

झण्डै १२ प्रतिशतले घट्यो बङ्गलादेशको व्यापार घाटा

ढाका– बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५)मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर ६ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ ।

बङ्गलादेश केन्द्रीय बैङ्कको तथ्याङ्कले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ ।

बङ्गलादेश बैङ्कको तथ्याङ्कले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा (जुलाई २०२३–२०२४) निर्यात आम्दानी र आयात भुक्तानीबीचको अन्तर ७ अर्ब ५४ करोड डलर रहेको देखाएको छ ।

लाखौं बङ्गलादेशीहरू र विदेशमा काम गर्नेहरूको बलियो रेमिट्यान्सले व्यापारमा आएको गिरावटको प्रभावलाई कम गर्न मद्दत गरेको बंगलादेश बैङ्कका अधिकारीहरूले जनाएको छ ।

यस वर्षको जुलाई–अक्टोबर अवधिमा बङ्गलादेशको रेमिट्यान्स कुल करिब ९ अर्ब डलर पुगेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved