चितवनका इसाखिल ‘प्लेयर अफ द म्याच’

नेपालभ्युज

चितवनका इसाखिल ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चितवन राइनोजका ओपनर हसन इसाखिल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

आइतबार भएको खेलमा ६५ रन बनाएका उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । हसनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सुपर फोरको अवार्ड इसाखिलले नै जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।

चितवनका कप्तान कुशल मल्लले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

चितवनका रञ्जितकुमारले ‘क्याच अफ द म्याच’ अवार्ड प्राप्त गरे । उनले २५ हजार रुपैयाँ पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved