कारागारमा कैदी-थुनुवाबीच झडप, ३ जना घाइते

नेपालभ्युज

कारागारमा कैदी-थुनुवाबीच झडप, ३ जना घाइते
सांकेतिक तस्वीर

लमजुङ । लमजुङ बेंसीसहरस्थित जिल्ला कारागारका कैदी–थुनुवाबीच झडप भएको छ । शनिबार राति ७ बजेतिर कैदी–थुनुवाबीच झडप भएको प्रहरीले जानकारी दिएको छ ।

झडपमा संलग्नलाई छुट्याउने क्रममा कैदीहरु चिजकुमार श्रेष्ठ, सन्दीप श्रेष्ठ र दीपक सुनार घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार झडपमा संलग्न चौकीदार खुसीराम मग्राती र कैदीहरु अमल घले, श्रीकृष्ण चिलुवाल र देव गुरुङ साथै थुनुवाहरु मौलादिन मिया र तेज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीको थुनुवा कक्षमा लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved