इमरान खान भन्छन् – पाकिस्तानमा तानाशाही स्थापित भएको छ

नेपालभ्युज

इमरान खान भन्छन् – पाकिस्तानमा तानाशाही स्थापित भएको छ

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आगामी दिनमा पार्टीको आन्दोलनको रूपरेखाबारे जानकारी दिएका छन् ।

बिहीबार राति एक्समा उनले लेखेका छन्, ‘देशमा तानाशाही स्थापना भएको छ । सरकारी आतंकवादका कारण निर्दोष र शान्तिप्रिय राजनीतिक कार्यकर्तामाथि गोली प्रहार भएको छ, हाम्रा हजारौं कार्यकर्ता बेपत्ता छन् । सर्वोच्च अदालतले अब यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । हाम्रो संवैधानिक भूमिका खेल्नुहोस् ।’

‘हामीले सर्वोच्च अदालत, लाहोर उच्च न्यायालय र इस्लामाबाद उच्च अदालतमा गम्भीर मानवअधिकार उल्लङ्घनको लागि पुग्यौं, तर, अदालतले कुनै कारबाही गरेन र अहिले देश यो अवस्थामा पुगेको छ ।’ उनले थप भनेका छन् ।

पोस्टमा लेखिएको छ, ‘हामी शहीदहरूलाई श्रद्धाञ्जली दिन पेसावरमा १३ डिसेम्बरमा भव्य सभा आयोजना गर्नेछौं । यस बैठकमा विपक्षी राजनीतिक दलहरूलाई सहभागी हुन आमन्त्रित गरिनेछ ।’

खानले जारी गरेको यो सन्देशमा ९ मे र २६ नोभेम्बरका घटनाको पारदर्शी अनुसन्धानका लागि अन्डरट्रायल राजनीतिक बन्दीहरूलाई रिहा गर्न र न्यायिक आयोग गठन गर्न माग गरिएको छ ।

माग पूरा नभए डिसेम्बर १४ देखि सविनय अवज्ञा आन्दोलन र बहिस्कार गर्ने घोषणा गरिएको छ ।

नोभेम्बर २६ मा तेहरिक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ता र समर्थकहरूले इमरान खानको रिहाइको लागि बुशरा बीबीको नेतृत्वमा इस्लामाबादमा विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा ठूलो मात्रामा पक्राउ र प्रहरीले कारबाही गरेपछि पीटीआईले आन्दोलन फिर्ता लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved