शूटरको बयान – बाबा सिद्दिकीलाई होइन, सलमानलाई मार्न चाहन्थेँ

नेपालभ्युज

शूटरको बयान – बाबा सिद्दिकीलाई होइन, सलमानलाई मार्न चाहन्थेँ

काठमाडौं । एनसीपी नेता बाबा सिद्दिकीको हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तले बलिउड अभिनेता सलमान खान आफ्नो हिटलिस्टमा रहेको खुलासा गरेका छन् ।

उनले बाबा सिद्दीकीभन्दा अगाडि सलमानलाई मार्ने तयारी गरेका थिए तर, अभिनेताको सुरक्षा कडा भएपछि उनले आफ्नो योजना परिवर्तन गरेको प्रहरीलाई दिएको बयानमा बताएका छन् ।

इण्डिया टुडेले पुलिस स्रोतलाई उद्धृत गर्दै बाबा सिद्दिकीको हत्याको आरोपमा पक्राउ परेका शूटरले प्रहरी हिरासतमा यो कुरा खुलासा गरेको जनाएको छ ।

सिद्दिकीको हत्याका अभियुक्तले पुलिसलाई सोधपुछका क्रममा आफूले सलमानको घरको रेकी गरेको बताएका थिए तर, यसक्रममा सलमानको सुरक्षा निकै कडा रहेको पाए ।

सलमान बुलेट प्रुफ कारमा मात्रै घरबाट निस्कने गर्थे र उनको वरिपरि धेरै गार्डहरू हुन्थे । यस्तो अवस्थामा उनीसम्म पुग्न निकै कठिन थियो ।

जब सलमानलाई मार्ने योजना सफल हुन सकेन, ती शूटरले बाबा सिद्दिकीतर्फ ध्यान केन्द्रित गरेको बताएका छन् ।

अक्टोबर १२ राति बाबाको गोली हानी हत्या गरिएको थियो । उनी बान्द्रामा छोरा जीशानको अफिसमा थिए । बाहिर निस्कने बित्तिकै उनीमाथि छ पटक गोली प्रहार गरिएको थियो ।

पछिल्ला केही वर्षदेखि सलमान खानलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आइरहेका छन् ।

लरेन्सले टीभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिएको भन्दै सन् १९९८ मा भएको कालो हरिण शिकारको घटनालाई लिएर बिश्नोई समुदाय आक्रोशित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved