खराब लयमा रहेकाे युनाइटेड आर्सनलसँग पराजित

नेपालभ्युज

खराब लयमा रहेकाे युनाइटेड आर्सनलसँग पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ ।

बुधबार राति घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले युनाइटेडलाई २–० गोलअन्तरले हराएको हो ।

खेलको ५४ औँ मिनेटमा जुलियन डिम्बरले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि ७३ औँ मिनेटमा विलियम साइबाले गोल गर्दै जित सुनिश्चित गरे ।

यससँगै आर्सनल १४ खेलमा २८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । उ दोस्रो स्थानको चेल्सीभन्दा गोलअन्तरले मात्र पछि छ ।

लिगको शीर्ष स्थानमा भने ३५ अंकसहित लिभरपुल छ ।

पराजित युनाइटेड भने १४ खेलबाट १९ अंकसहित लिगको ११ औँ स्थानमा छ ।

युनाइटेड आधुनिक प्रिमियर लिगको सर्वाधिक विजेता टोली हो । उसले १३ वटा उपाधि जितेको छ । तर पछिल्लो एक दशक भने युनाइटेड खस्किएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved