उदयपुरमा आगलागी, पाँच लाखको क्षति

नेपालभ्युज

उदयपुरमा आगलागी, पाँच लाखको क्षति
सांकेतिक तस्वीर

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख रुपैयाँ बराबरका सामान नष्ट भएको हो ।

घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved