नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई हर्क साम्पाङको धम्की

मेयर हर्क साम्पाङले आफूबारे नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई सिध्याउने धम्की दिएका छन् ।

नेपालभ्युज

नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई हर्क साम्पाङको धम्की

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले आफूबारे खोज पत्रकारितामार्फत नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई सिध्याउने धम्की दिएका छन् ।

खोज पत्रकारिता केन्द्र (खोपके) मा समाचार लेखेका पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै साम्पाङले फेसबूकमा श्रृंखलाबद्ध रूपमा धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् ।

खोजी समाचारको विषयवस्तु

केही दिनअघि खोपकेले धरानमा सुशासनको कुरा गर्ने साम्पाङको विगत र मेयरको रूपमा उनको कार्यशैलीबारे खोजी समाचार प्रकाशित गरेको थियो ।

समाचारमा साम्पाङले मेयर हुनुअघि नक्कली माओवादी बनेर चन्दा उठाएको र मेयर भएपछि पनि गैरकानूनी चन्दा सङ्कलन गरेको दाबी गरिएको थियो । प्रमाणसहित छापिएको थियो ।

खोजी समाचारमा साम्पाङको विगतमा चन्दा उठाउने क्रममा धरानको राष्ट्रिय वाणिज्य बैंक नजिक पक्राउ परेको घटनाको विवरण पनि समावेश छ । माओवादी शिविरमा पुर्‍याएर उनलाई कुटपिट गरिएको प्रमाण माओवादीका तत्कालीन इन्चार्जले पुष्टि गरेको खोपकेले उल्लेख गरेको छ ।

साम्पाङको धम्कीपूर्ण प्रतिक्रिया

समाचार सार्वजनिक भएसँगै साम्पाङले पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै फेसबूकमा धम्की दिएका छन् ।

उनले लेखेका छन्:

“खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !”

उनले पत्रकारलाई ‘चोरफटाहा’ को उपमा दिँदै सामाजिक सञ्जालमा तीव्र आक्रोश पोखेका छन् ।

आलोचना

माओवादी बनेर चन्दा उठाएको विगत सार्वजनिक भएपछि मेयर साम्पाङको व्यापक आलोचना भइरहेको छ ।

उनका समर्थकहरूले उनलाई बचाउन प्रयास गरे पनि कतिपयले आलोचना गरिरहेका छन् । तर उल्टै सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्तिलाई असभ्य र धम्कीपूर्ण भन्दै विरोध आइरहेको छ ।

हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साम्पाङको अभिव्यक्ति र पत्रकारमाथिको धम्कीलाई गम्भीर रूपमा लिएका छन् । एकजनाले लेखेका छन्, सुशासनको नारा दिने मेयरले पत्रकारमाथि यस्तो धम्की दिने हो भने उनीबाट परिवर्तनको आशा गर्न सकिन्न ।

अर्का एकजनाले भने,यदि साम्पाङ निर्दोष हुन् भने प्रमाण प्रस्तुत गरून् । पत्रकारलाई धम्की दिनु गैरजिम्मेवार भएको प्रमाण हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved