चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’, समकक्षी लीसँग भेटवार्ता (तस्वीरहरू)

नेपालभ्युज

चीनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’, समकक्षी लीसँग भेटवार्ता (तस्वीरहरू)

काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज (मंगलबार) आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।

नेपालका प्रधानमन्त्रीकाे सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यहरूसँग परिचय गराएका थिए ।

चिनियाँ प्रधानमन्त्री लीले पनि आफ्ना अन्य नेताको परिचय गराएकाे प्रधानमन्त्री ओलीको सचिवालयले जनाएकाे छ ।

मंगलबार बिहान दुई मुलुकबीच प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता जारी छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।

भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत छन् ।

हेरौँ तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved