कीर्तिपुरमा कांग्रेसले मतान्तर १ हजार पुर्‍यायो, दुई वडाको मात्रै गणना बाँकी

नेपालभ्युज

कीर्तिपुरमा कांग्रेसले मतान्तर १ हजार पुर्‍यायो, दुई वडाको मात्रै गणना बाँकी

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार डंगोलले ४ हजार १ सय ८ मत पाएका छन् । डंगोलले मतान्तर बढाउँदै  एक हजार पुर्‍याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ७ सय ४० मत पाएका छन् भने राजमान महर्जनले १ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved