बदर मतको विवादले रोकियो बेलकामा मतगणना 

नेपालभ्युज

बदर मतको विवादले रोकियो बेलकामा मतगणना 

उदयपुर । बेलका नगरपालिका–९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा बदर मतको विवादले मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भेटिएपछि सोही विषयमा विवाद बढ्दा गणना रोकिएको हो ।

बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आइतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरू सहितको सर्वदलीय बैठक बस्दा पनि सहमति जुट्न सेकेको छैन ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालको टोलीसहित बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पुनः सर्वदलीय बैठक बस्ने तयारी रहेको छ । ५०० मत गणना हुँदा एमालेको ८५, माओवादीको ८०, काँग्रेसको ६२, जसपाको २६, रास्वपाको १९, राप्रपाको ८ र मंगोल नेसनलको एक पनि भोट आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved