सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

नेपालभ्युज

सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओली आज (सोमबार) उत्तरी छिमेकी देश चीनको भ्रमणमा निस्किएका छन् ।

उनले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरी द्विपक्षीय हितसहितका विविध विषयमा विचार आदानप्रदान गर्ने उनको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग समेत भेट गर्ने तालिका छ ।

प्रधानमन्त्री ओलीसहितको टोली २० गते स्वदेश फर्किने छ ।

चीन भ्रमणमा निस्किए प्रधानमन्त्री ओली (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved