कम हैन धेरै खाएर यी महिलाले २५ किलो तौल घटाइन् !

नेपालभ्युज

कम हैन धेरै खाएर यी महिलाले २५ किलो तौल घटाइन् !

काठमाडौं । हामी सबै जान्दछौँ कि आहारमा क्यालोरी कम गर्दा तौल घट्छ । तर, यसको मतलब यो होइन कि तपाईंले कम खान सुरु गर्नुपर्छ । तपाईंले कम क्यालोरी भएको खाना धेरै खाएर पनि सजिलै तौल कम गर्न सक्नुहुन्छ ।

हालै सोसल मिडिया इन्स्टाग्राममा एक महिलाले आफ्नो अनुभव बताएकी छन् । जसमा उनले कसरी धेरै खाएर पनि आफ्नो तौल २५ किलो घटाएको बताएकी छन् । यसका लागि तपाईंले आहारमा कम क्यालोरी भएका खानेकुराहरू समावेश गर्नुपर्नेछ । त्यसपछि तपाईंले जति चाहनुहुन्छ त्यति खान सक्नुहुन्छ ।

महिलाले आफ्नो एउटा भिडिओ सोसल मिडियामा सेयर गरेकी छिन्, जसमा उनले आफ्नो तौल घट्नुअघि र पछिको तस्वीरहरू सेयर गरेकी छिन् । भिडिओको क्याप्सनमा लेखिएको छ, “यदि तपाईं आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने यो सबैभन्दा महत्त्वपूर्ण सुझावमध्ये एक हो, जसले मलाई २५ किलो तौल कम गर्न मद्दत गर्‍यो ।” उनले आफूले तौल घटाउनको लागि दिएको सुझावहरूबारे जानौँ-

कम क्यालोरी भएका खानेकुरा-

  • लो फ्याट भएको ग्रीक दही
  • अण्डाको सेतो भाग
  • साग
  • सेतो मासु
  • पालुङ्गो
  • तरबुजा
  • चिनी–मुक्त जेली
  • मकै
  • कटेज चीज

कम क्यालोरी भएका तरकारी

  • काँक्रो
  • लौका
  • करेला
  • मेथीको साग
  • पालुङ्गो
  • गोभी
  • ब्रोकाउली
  • तोरी
  • गाजर

तौल घटाउने फल

  • मेवा
  • अम्बा
  • स्वाऊ
  • नास्पाती
  • स्ट्रबेरी र ब्लुबेरी

तौल घटाउने मसला र जडीबुटी

  • करी पात
  • धनियाँका पात
  • अदुवा
  • लसुन
  • बेसार

यी कम क्यालोरी भएका खानेकुराहरु तपाईंले जति चाहनुहुन्छ, त्यति खान सक्नुहुन्छ । तपाईंको तौल कहिल्यै बढ्नेछैन । लामो समयसम्म स्वस्थ तौल कायम राख्न, यी फल र तरकारी आफ्नो आहारमा निश्चित रूपमा समावेश गर्नुहोस् । यी कुराहरू सेवन गरेर तपाईंले तौल घटाउन सक्नुहुनेछ । यसले पनि तौल घटाउन पनि सजिलो हुनेछ र शरीरले पूर्ण पोषण पाइरहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved