१३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा को कहाँ विजयी ?

नेपालभ्युज

१३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा को कहाँ विजयी ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा जारी मतगणनाअनुसार १३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार नेपाली कांग्रेस ७, एमाले ३ तथा माओवादी केन्द्र, नेमकिपा र स्वतन्त्र १-१ वडामा विजयी भएका छन् ।

आयोगका अनुसार गुल्मीको मुसिकोट नगरपालिका-१ मा कांग्रेसका आनन्द श्रेष्ठ, कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ, रौतहटको इशनाथ गाउँपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।

यस्तै, महोत्तहरीको रामगोपालपुर नगरपालिका–२ मा एमालेका ककिवल खाँ, गोरखाको गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णु बहादुर मगर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेसका मोतीराम खत्री, दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका लालबहादुर शाही विजयी भएका छन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह, डोटीको पूर्वीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा र दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसकै धनसिंह कुँवर विजयी भएका छन्  । झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved