झापाको कन्काई–६ मा स्वतन्त्र उम्मेदवारको जित

नेपालभ्युज

झापाको कन्काई–६ मा स्वतन्त्र उम्मेदवारको जित

काठमाडौं। झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी भएका छन् ।

अघिल्लो पटक पराजित भएका ओलीले यसपटक भने बाजी मारेका हुन् ।

चापाकल चुनाव चिह्न लिएर उम्मेदवारी दिएका उनले ४९३ मत प्राप्त गर्दै जित हासिल गरे ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत र माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत मात्र प्राप्त गरेका छन् ।

यो वडा यसअघि नेकपा एमालेले जितेको थियो । अहिले जितेका ओली त्यसबेला निकटतम प्रतिस्पर्धी बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved