दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुँवर विजयी

नेपालभ्युज

दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुँवर विजयी

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् ।

कुँवर ३७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३५८ मत पाए ।

माओवादी केन्द्रका वीर सिंह कार्कीले ९८ मत पाए भने स्वतन्त्रका लाल सिंह कुवँरले  २५ मत पाए ।

त्यहाँ कुल ८७७ मत खसेकोमा २० मत बदर भएको छ । यसअघि यो वडा कांग्रेससँग मिलेर माओवादी केन्द्रले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved