जाजरकोटको कुशे गाउँपालिका-७ माओवादीबाट कांग्रेसले खोस्यो

नेपालभ्युज

जाजरकोटको कुशे गाउँपालिका-७ माओवादीबाट कांग्रेसले खोस्यो

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत पाए ।

यो वडा पहिले माओवादी केन्द्रले जितेको थियो । यसपटक माओवादीबाट कांग्रेसले खोसेको हो ।

कुशे ७ मा कुल १ हजार २ सय ३ मतदातामध्ये ९ सय ५६ जनाले मतदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved