रुकुमपश्चिमको सानीभेरीमा करिब ८० प्रतिशत मत खस्यो

नेपालभ्युज

रुकुमपश्चिमको सानीभेरीमा करिब ८० प्रतिशत मत खस्यो

सुर्खेत। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले आइतबार ५ बजेसम्म ७९.९२ प्रतिशत मत खसेको हो । एक हजार ४३४ मतदातामध्ये एक हजार १४६ जनाको मत खसेको सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाले बताए ।

६०६ जना महिला र ५०४ जना पुरुषले मतदान गरेको छन् । मत गणनाको काम सुरु हुनेछ । वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवारबिच प्रतिस्पर्धा रहेको छ ।

नेपाली कांग्रेसको तर्फबाट मोतिराम खत्री र माओवादी केन्द्रका तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार रहेका छन् । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएपछि उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved