करोडपति क्याम्पेन जितेकी प्रमीलालाई चेक हस्तान्तरण

नेपालभ्युज

करोडपति क्याम्पेन जितेकी प्रमीलालाई चेक हस्तान्तरण

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई चेक हस्तान्तरण गरिएको छ ।

जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकिनो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो ।

नेपालका लागि जापानका महामहिम राजदूत डा. दुर्गा बहादुर सुबेदी ,आइएमई लिमिटेडका तर्फबाट शुसिल थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझे पछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको बताइन् ।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved