सहकारीको खाताबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने 

नेपालभ्युज

सहकारीको खाताबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने 

काठमाडौं । देशभरका पाँच सय बढी सहकारी संस्थाहरूको खाताबाट ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ ‘हाम्रो पे’ मार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्युआर भुक्तानी लगायतका विभिन्न सुविधा पनि छिट्टै लिएर आउने बताइएको छ ।

आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबिच सहकार्य भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved