राष्ट्रपतिबाट चार देशका राजदूतले लिए शपथ

नेपालभ्युज

राष्ट्रपतिबाट चार देशका राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नेपाली राजदूतले शपथ ग्रहण गरेका छन् ।

आइतबार दिउसो शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि डा शैल रुपाखेती, साउदी अरेबियाका लागि डा नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved