घट्यो सुनको मूल्य

नेपालभ्युज

घट्यो सुनको मूल्य

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज १ लाख ५० हजार ५०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घटेको छ । आज १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved