काठमाडौं–१६ मा उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले खसाले भोट

नेपालभ्युज

काठमाडौं–१६ मा उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले खसाले भोट

काठमाडौं । कांग्रेस नेता तथा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका १६ मा भएको उपनिर्वाचनको लागि मतदान गरेका छन् ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत उपप्रधानमन्त्री सिंहले बिहान ९ बजे युवक माध्यमिक विद्यालय, पकनाजोलमा मतदान गरे ।

उनी काठमाडौं महानगरपालिका–१६ का मतदाता हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नु पर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved