फ्लोरिडामा ट्रुडो र ट्रम्पबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपालभ्युज

फ्लोरिडामा ट्रुडो र ट्रम्पबीच भेटवार्ता, के भयो कुराकानी ?

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडा राज्यमा ‘सोहाद्र्र कुराकानी’ गरेको शनिबार बताएका छन् ।

ट्रम्पले यसै साताको सुरुमा क्यानडा, मेक्सिको र चीनविरुद्ध आयातमा कर लगाउने घोषणा गरेपछि ट्रुडो शुक्रबार मार–ए–लागोमा रात्रिभोजका लागि उडेका थिए ।

“हो, हामीबीच निकै राम्रो कुराकानी भएको छ,” ट्रुडोले शनिबार बिहान वेस्ट पामबीचस्थित एक होटलबाट क्यानडा फर्कने क्रममा पत्रकारहरूसँग भने ।

ट्रुडो अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको पछिल्लो उच्च पदस्थ विदेशी अतिथि हुन् । उनले आगामी जनवरी मा दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्दै छन् ।

पेन्सिलभेनियाका नवनिर्वाचित सिनेटर डेभिड म्याककोर्मिकले सार्वजनिक गरेको तस्वीरमा ट्रम्प र ट्रुडोसँगै टेबुलमा उभिएको देख्न सकिन्छ भने उनीहरूलाई ट्रम्पका वाणिज्य मन्त्रीका लागि छानिएका हावर्ड लुटनिक र राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छानिएका माइक वाल्ट्जलगायत एक दर्जन पाहुनाले घेरिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “मेक्सिको र क्यानडामाथि २५ प्रतिशत कर लगाउनेछु, यी दुई अमेरिकी छिमेकीले अवैध लागूपदार्थ फेन्टानिल र कागजातविहीन आप्रवासीबाट अमेरिकामाथि ‘आक्रमण’ गर्न अनुमति दिएका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले पनि बुधबार ट्रम्पसँग फोनमा कुरा गरेकी थिईन् । कुराकानीमा दुबैले आ–आफ्ना अडान राखेको बताइएको छ ।

ट्रम्पले मेक्सिकोका बामपन्थी राष्ट्रपति शेनबामले अमेरिकाको दक्षिणी सीमालाई गैर–कानुनी प्रवेशलाई प्रभावकारी रूपमा बन्द गर्न मेक्सिको हुँदै र संयुक्त राज्य अमेरिकामा आप्रवासन रोक्न सहमत भएको बताएका छन् तर, शेनबामले मेक्सिकोमा लामो समयदेखि लागू रहेको अमेरिकी समर्थित आप्रवासन विरोधी नीतिबारे छलफल भएको बताएका छन् ।

शेवनामले व्यापार युद्धको जोखिमलाई कम आँक्दै शुल्क वृद्धिको चेतावनीबारे वार्ता केन्द्रित नभएको उनले बताएका थिए।

 प्रत्युत्पादक काम  

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले सोही दिन ट्रम्पको कर सम्बन्धी चेतावनीले ओटावा र मेक्सिको सिटीसँग वासिङ्टनको सम्बन्धलाई ‘बिगार्न’ सक्ने चेतावनी दिएका थिए । बाइडेनले भने, “मलाई लाग्छ यो प्रत्युत्पादक काम हो ।”

क्यानाडाको लागि, कुनै पनि नयाँ करको वृद्धिको सम्भावना उच्च छ ।

क्यानाडाको तीन चौथाइभन्दा बढी निर्यात अर्थात् ४२३ अर्ब अमेरिकी डलर गत वर्ष संयुक्त राज्य अमेरिकामा गएको थियो र करिब २० लाख क्यानेडियाली रोजगारी व्यापारमा निर्भर छन् ।

क्यानडाको एक सरकारी स्रोतले एएफपीलाई बताएअनुसार क्यानडाले संयुक्त राज्य अमेरिकाविरुद्ध सम्भावित प्रतिशोधात्मक करहरू बारे विचार गरिरहेको छ।

केही विश्लेषकहरूले ट्रम्पको करको खतरा वृद्धि हुन सक्ने वा भविष्यमा व्यापार वार्तामा चरम विवादको बिषय बन्न सक्ने बताएका छन् ।

ट्रुडोले प्रिन्स एडवर्ड आइल्याण्ड प्रान्तमा पत्रकारसँगको कुराकानीमा भने, “डोनाल्ड ट्रम्पले केही कुरा कार्यान्वयनको तयारी गर्नुहुन्छ त्यसलाई सार्वजनिक गर्नुहुन्छ । यसमा कुनै दुबिधा छैन।” एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved