टिकटकर गिभिनालाई शोकमाथि शोक, आमाको मृत्युपछि भाइले गरे आत्महत्या

नेपालभ्युज

टिकटकर गिभिनालाई शोकमाथि शोक, आमाको मृत्युपछि भाइले गरे आत्महत्या

काठमाडौं । चर्चित टिकटकर गिभिना मगरलाई शोकमाथि शोक परेको छ । एकैदिन उनले आमा र भाइलाई गुमाएकी छन् ।

ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनकी ५५ वर्षीया आमा धनकुमारी बुढाको उपचारको क्रममा मृत्यु भएपछि उनका भाइ रामकुमार बुढाले आत्महत्या गरेका छन् ।

पोखराको याम्दीमा जेब्रा क्रसबाट सडक पार गर्ने क्रममा उनलाई ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

आमाको निधनपछि विक्षिप्त बनेका उनका २६ वर्षीया भाइ झुन्डिएको अवस्थामा फेला परेको पोखरा २५ का वडाअध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार आमाको दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका उनले अरू गएपछि आत्महत्या गरेका थिए । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved