दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च

नेपालभ्युज

दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ ।

उनको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको छ । सोहीकारण उनलाई सर्वोच्च लगिएको हो ।

यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved