काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा निवेदन दर्ता भएको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।
उक्त मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।
यसअघि ‘पूर्णबहादुरको सारङ्गी’का लेखकलाई ‘लाज’ कथा सुनाएको अधिकारीले बताएका छन् । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।
यसअघि उपन्यास ‘संग्रामपुरका लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो’ उपन्यासको कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए ।
Facebook Comment
Comment