कीर्तिपुरमा एकीकृत समाजवादीको उम्मेदवारी फिर्ता, माओवादीलाई समर्थन

नेपालभ्युज

कीर्तिपुरमा एकीकृत समाजवादीको उम्मेदवारी फिर्ता, माओवादीलाई समर्थन

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । रिजालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

रिजालले आफ्नो समर्थन नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यही २०८१ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदको लागि मैले उम्मेदवारी दिएकोमा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्क्रिय गरेको छु,’ विज्ञप्तिमा भनिएको छ,‘अतः कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई र यसै नगरपालिका वडा नं. ४ मा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कमरेड रिता खड्कालाई मतदान गरी विजय गराउनु हुन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved