काठमाडौं महानगरले हुलाक र इमेलबाट पठायो एमालेलाई जरिवानाको सूचना

नेपालभ्युज

काठमाडौं महानगरले हुलाक र इमेलबाट पठायो एमालेलाई जरिवानाको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई इमेल र हुलाकमार्फत जरिवाना पत्र पठाएको छ ।

आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो ।

सोमबार बिहान हुलाक र इमेलबाट एमालेलाई पत्र पठाइएको महानगरका एक कर्मचारीले बताए ।

गत शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेले जागरण सभा आयोजना गरेको थियो । सडक र पेटीमा भएको फोहोर आफैँले सफा गरेको एमालेको दाबी छ ।

तर, फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved