प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

नेपालभ्युज

प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बैठकले प्रहरीका आठ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।


Comment

One thought on “प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved