दुर्गा प्रसाईंलाई वीर अस्पताल लगियो

नेपालभ्युज

दुर्गा प्रसाईंलाई वीर अस्पताल लगियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।

अदालतको आदेश अनुसार उपचार गराउन प्रसाईंलाई अस्पताल लगिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए ।

आइतबार काठमाडौं जिल्ला अदालतले क्यान्सरका बिरामी रहेका प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सोही अनुसार प्रहरीले प्रसाईंलाई अस्पताल लगेको बताइएको छ ।

आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved