प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश, सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सके हिरासतमुक्त हुने

नेपालभ्युज

प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश, सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सके हिरासतमुक्त हुने

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको छ ।

आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले प्रसाईंलाई उपस्थित गराउन आदेश जारी गरेको हो ।

प्रसाईंलाई थुनामा राख्नुको कारण माग्दै अर्को पेसीमा उपस्थित गराउन आदेश दिइएको छ ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गएको शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रसाईंले प्रधानमन्त्री ओलविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । अदालतमा उपस्थित भई उनले आफूले सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुन सक्छन् । तर, प्रमाण पेस गर्न नसके जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आधार बन्न सक्छ ।

यही मंसिर ४ गते प्रसाईंलाई सीआईबी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । हाल उनी नेपाल प्रहरीको साइबर ब्युरोको हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved