एक लाख मानिस उतार्ने लक्ष्य राखेको एमालेको र्‍यालीमा १० हजार पनि देखिएनन्

नेपालभ्युज

एक लाख मानिस उतार्ने लक्ष्य राखेको एमालेको र्‍यालीमा १० हजार पनि देखिएनन्

काठमाडौं । आज काठमाडौंको दरबारमार्गमा हुने जागरणसभाका लागि सत्तारुढ दल नेकपा (एमाले)को र्‍याली सुरु भएको छ ।

आज मध्यान्ह १२ बजे भद्रकालीबाट र्‍याली सुरु भएको हो ।

यसअघि एमालेले एक लाख मानिस उतार्ने दाबी गरेको थियो । तर र्‍यालीमा १० हजार मानिस पनि देखिएका छैनन् ।

अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेकाे बताउँदै एमालले देशमा केही भएको छ भन्ने सन्देश दिन ‘जागरणसभा’ कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

भद्रकालीबाट सुरु भएको जुलुस, न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुनेछ । दरबारमार्गमा नारायणहिटी संग्राहलयअगाडि सभा हुनेछ ।

सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमालेको जागरणसभाकाे र्‍याली भद्रकालीबाट सुरु (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved