स्थल सेनाध्यक्षको भ्रमणबारे भारतीय दूतावास– दुई पक्षबीच रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भयो

नेपालभ्युज

स्थल सेनाध्यक्षको भ्रमणबारे भारतीय दूतावास– दुई पक्षबीच रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भयो

काठमाडौं । नेपाल र भारतका सैनिक नेतृत्वबीच द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

राजदूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको भ्रमणबारे जानकारी दिएको हो ।

‘नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरी दुवै पक्षबीच द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य महानिर्देशनालय (डीजीएमओ)ले विस्तृत रुपमा ब्रिफिङ गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणामा भारतीय सेना प्रमुख जनरल द्विवेदी नेपालको पाँच दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका थिए ।

बिहीबार बिहानै द्विवेदीले एक समारोहबीच काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरी दिवंगत् सैनिकहरूलाई श्रद्धान्जली अर्पण गरेका थिए । त्यसपछि उनी नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुगेका थिए । जहाँ उनको सम्मानमा सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

त्यसलगत्तै नेपाली सेनाका प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरी दुवै पक्षबीच द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले परम्परालाई निरन्तरता दिँदै भारतीय सेना प्रमुख द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेका थिए ।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved