सहसचिवहरूको तलब बढाउने सर्वोच्चको आदेश पुनरावलोकन हुने

नेपालभ्युज

सहसचिवहरूको तलब बढाउने सर्वोच्चको आदेश पुनरावलोकन हुने

काठमाडौं । सहसचिवहरुको तलब बढाउन सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरु डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले उक्त फैसला पुनरवलोकनका लागि अनुमति दिएको हो।

मर्यादाक्रममा समान रहेका सैनिक र प्रहरी अधिकारीको भन्दा निजामतीका सहसचिव, उपसचिव र शाखा अधिकृतको तलब कम भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तलब समान गराउन आदेश दिएको थियो।

सो आदेश कार्यान्वयन गर्दा तत्काल राज्यको ढुकुटीमा ठूलो आर्थिक भार थपिने भन्दै सरकार पुनरावलोकनमा गएको थियो। अब सो मुद्दामाथि पुनः सुनुवाइ हुने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved